Logo
Logo

ओलीले अध्यक्षबाट राजिनामा दिनुपर्छ : महासचिव जिएम


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल निकटको युवा संघ नेपालका महासचिव दिपक जिएमले पार्टी अध्यक्षबाट केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने सुझाव दिएका छन् ।

अहिलेको राजनीतिक दुर्घटना पार्टी अध्यक्ष ओलीकै कारण भएको आरोप लगाउँदै महासचिव जिएमले अध्यक्ष ओलीले यथाशिघ्र राजिनामा दिएर पुनः पार्टी निर्माणका लागि मार्गप्रस्त पार्न सुझाव दिएका छन् ।

‘ओली जिले कुन कुन पदबाट हो, यथाशिघ्र राजिनामा दिएर पुनः पार्टी निर्माणका लागि मार्गप्रस्त पार्न हुन सुझाव दिन चाहन्छु’ महासचि जिएमले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।

उनले अगाडी लेखेका छन्, इतिहासमा नैतिकता थियो, नैतिकता जिवित रहनु पर्छ । दशरथ रंगशालामा भाग दौडमा मान्छे मर्दा शिक्षामन्त्रीले, जाहाज दुर्घटना हुदा पर्यटनमन्त्रीले, ०६४ को निर्वाचनमा सिट कम आउँदा एमाले पार्टी महासचिवले नैतिकताको आधारमा राजिनामा दिएको उदाहरण धेरै छन् ।’

यी दुर्घटना व्यक्ती विशेष कसैको चाहनाले भएको थियो त ? भन्ने प्रश्न गर्दै उनले अहिलेको भएको राजनीतिक दुर्घटना के हो ? यो दुर्घटना नितान्त कसका कारणले भयो ? तपाईं हामीले बुझ्न जरुरी रहेको उल्लेख गरे ।

एमाले पार्टी हजारौँ कार्यकर्ता र लाखौँ समर्थकको मिहिनेतले निर्माण भएको जनाउँदै उनले ओलीको दुई–दुई पटक प्रतिनिधिसभा विघटन गर्ने चाहना असंवैधानिक हो भन्दै सर्वोच्च अदालतले पुर्नस्र्थापना गरेपछि पार्टीमा संविधान र लोकतन्त्रको रक्षाका लागि बहस शुरु भएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्