जसपाले कार्यकारिणी समिति बैठकबाट मन्त्री छान्दै « Drishti News – Nepalese News Portal
Logo

जसपाले कार्यकारिणी समिति बैठकबाट मन्त्री छान्दै


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक शुरु भएको छ । सरकारमा सहभागि हुने जसपाले बैठकमा मन्त्री छनौट गर्ने बिषयमा छलफल गर्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेको जसपाले ७ मन्त्रालय पाउने निश्चित भएपछि मन्त्री छनौट गर्नका लागि बैठकमा छलफल गरिरहेको छ ।

जसपाभित्र पनि मन्त्री हुनेको संख्या बढी नै भएपछि तीन नेतालाई मन्त्री छनौट गर्न सकस भएको छ । आज जारी बैठकले मन्त्री हुनेको नामावली टुंगो लाग्ने बैठकमा सहभागि एक नेताले बताए ।

हिजो (बुधबार) बसेको कार्यकारिणी समितिको बैठकले संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छनौट गर्ने जिम्मेवारी दिएको थियो ।

बैठकमा मन्त्री हुनेको नामावली छनौटका साथै कार्यकारिणी समितिलाई पुर्णता दिने, संगठन बिस्तार, समायोजन सहित पार्टीको अगामी कार्यक्रमबारेमा छलफल हुदैछ ।

यस अघि मंगलबार र बुधबार बसेको कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान अनुमोदनका साथै दलका नेता छनौट गर्नका लागि तीन सदस्यीय समिति गठन गरिसेको छ । दलको नेता चयनका लागि गठन भएको तीन सदस्यी समितिको संयोजकमा नवराज सुबेदी, सदस्यद्धयमा रमेश यादव र सुशीला श्रेष्ठ रहेका छन् ।


यस्तै लुम्बिनी प्रदेशका तीन सांसदलाई कारवाही गर्ने निर्णय बैठकले गरेको जसपा प्रवक्ता डम्बर खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्