फतेपुरमा ६ सय ग्यास सिलिण्डर र चुल्लो वितरण « Drishti News – Nepalese News Portal
Logo

फतेपुरमा ६ सय ग्यास सिलिण्डर र चुल्लो वितरण


दृष्टि संवाददाता


गौर । रौतहटको कटहरिया नगरपालिका–६ फतेपुरमा आज ६ सय घर परिवारलाई ग्यास, सिलिन्डर तथा चुल्लो वितरण गरिएको छ ।

पुर्वमन्त्री प्रभु साहको चुनावी प्रतिबद्धता अनुसार ग्यास, सिलिन्डर तथा चुल्लो वितरण गरिएको हो । साहका स्वकीय सचिव बिजय यादवले प्रतिनिधिसभा निर्वाचनको समयमा गरिएको प्रतिबद्धता अनुसार ग्यास, चुल्लो तथा सिलिन्डर वितरण गरिएको बताए । यस अघि समेत नेता साहले हजारौं परिवारलाई ग्यास, चुल्लो तथा सिलिन्डर वितरण गरेका छन् ।

कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहाको विशेष पहलमा आयोजित वितरण समारोमा प्रदेश २ का पुर्व सांसद कुन्दन कुशवाहा, मौलापुर नगरपालिकाकी मेयर रीना साह, एमाले प्रदेश २ का सदस्य त्रिभुवन साह, नरेश साह, चन्दन कुशवहा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्