Logo
Logo

महन्थ ठाकुरद्वारा दायर रिटमाथि आज सुनुवाइ हुँदै


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को अध्यक्षका हैसियतमा महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ ।

निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट छिनोफानो गर्ने प्रक्रिया अघि बढाएपछि प्रक्रिया रोक्न माग गर्दै ठाकुरले रिट दायर गरेका थिए ।

उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गरिरहन नपर्ने ठहर गरेको थियो । यसैबीच निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको बहुमतका आधारमा पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्