Logo
Logo

कोभिड नियन्त्रण रणनीति बनाउन सीसीएमसी बैठक बस्दै



काठमाडौं । केही दिनयता पुनः दैनिक कोरोना संक्रमण बढ्दै गएपछि नियन्त्रण तथा आगामी रणनीति तयार पार्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दैछ ।

शुक्रबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने बैठकमा कोरोना संक्रमण रोकथामको उपायबारे छलफल हुने बताइएको छ । बैठकमा कोरोनाको वर्तमान अवस्था तथा रोकथामका लागि चाल्नुपर्ने सम्भावित कदमबारे छलफल हुने जनाइएको छ ।

पछिलो केही दिनयता संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर भरिन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्