Logo
Logo

ओलीको खिर खाने निम्तो माधवहरुद्धारा बहिष्कार


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले १५ साउनको अवसरमा खिर खाने कार्यक्रम राखेको छ । खिर खाने कार्यक्रम पार्टी केन्द्रीय कार्यालय थापाथलीमा राखिएको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी छन् । एमाले केन्द्रीय सदस्य एवं कार्यालय सचिव शेरबहादुर तामाङले १५ साउनको अवसरमा पार्टी कार्यालयमा खिर खाने कार्यक्रम राखिएको बताए ।

कार्यक्रममा सहभागी हुनका लागि पार्टीका सबै नेतालाई निम्तो दिइएको उनले बताए । तर, खिर खाने कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई निम्ता गरिएको छैन् । नेपालका निकट रहेका स्थायी कमिटीका सदस्य डा. बेदुराम भुषालले खिर खाने कार्यक्रममा आफूहरुलाई निम्ता नआएको बताए । आफूहरु सो कार्यक्रममा सहभागीसमते हुन नसक्ने उनले बताए ।

एमालेभित्र विवाद रहेको छ । ओली र नेपालबीच विवादका कारण एक समूहले आयोजना गरेको कार्यक्रम अर्को समूहले बहिष्कार गर्दै आएका छन् । ओली समुहले आयोजना गरेको खिर खाने कार्यक्रममा नेपाल समूह नजाने भएको छ ।

यता, पार्टी एकताका लागि वरिष्ठ नेता नेपाल र उपमहासचिव विष्णु पौडेलबीच छलफल भइरहेको छ । नेपाल निवास कोटेश्वरमा छलफल भइहेको एमाले स्रोतले जनाएको छ । बिहीबार सुवासचन्द्र नेम्वाङले नेता नेपाललाई भेटेपछि आज पौडेल कोटेश्वर पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्