Logo
Logo

चीनले नेपाललाई थप १६ लाख खोप अनुदानमा दिने


दृष्टि संवाददाता


काठमाडौं । छिमेकी मुलुक चीनले नेपाललाई कोभिड–१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदान दिने भएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले सो प्रतिबद्धता जनाएकी हुन् ।

चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । चीनले दिने भनेको थप खोप चाँडै आउने जनाइएको छ । भेटमा अर्थमन्त्री शर्माले चीनबाट थप खोप खरिद प्रक्रिया अघि बढाएकाले सहजीकरण गर्नको लागि आग्रह गरेका थिए ।

सो भेटघाटमा अर्थमन्त्री शर्माले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजना सम्पन्न गर्न नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए । भेटमा चिनियाँ राजदूत यान्छीले अर्थमन्त्री शर्मालाई बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्