Logo
Logo

कांग्रेसले विरोध जनाएपछि प्रधानमन्त्रीको अभिनन्दन कार्यक्रम विवादित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । इलाममा आज शुक्रबार हुन लागेको लगानी सम्मेलनमा विवादित बनेको छ । कार्यक्रमकै मुखमा आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने कार्यक्रम थपिएपछि सम्मेलन विवादमा परेको हो ।
लगानी सम्मेलनमा प्रधानमन्त्री अभिन्दन कार्यक्रमको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले विरोध जनाएपछि सम्मेलन कार्यक्रम नै विवादमा परेको छ । कांग्रेस इलामका अध्यक्ष हिमालय कर्माचायले विज्ञप्ति निकालेर अभिनन्दन कार्यक्रमको विरोध जनाएका छन् ।
खस्कदो शान्ति शुरक्षा, अनियन्त्रित हत्या, बलात्कार र संस्थागत भ्रष्टाचारलगायतका कारण विवादमा आइरहेका प्रधानमन्त्रीको अभिनन्दनले इलामबासीको अवमूल्यन हुने भन्दै कांग्रेसले विरोध जनाएको विज्ञप्तिमा उल्लेख छ ।


कांग्रेसले आफ्ना सबै तहलाई अभिनन्दन कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । बिहीबार साँझ कांग्रेसले नगरभरि पर्चा छरेको छ । कांग्रेसको विरोधपछि इलामको टुँडीखेलमा हुने भनिएको अभिनन्द कार्यक्रम सम्मेलन स्थल गौतमबुद्ध सभागृहमा सरेको नगरपालिकाले जनाएको छ ।


टुँडीखेल, चोक बजार र कांग्रेस पार्टी कार्यालय अगाडि प्रहरी तैनाथ गरिएको छ । नगरप्रमुख महेश बस्नेतले विवाद आउनु लोकतन्त्रको सौन्दर्य भएको प्रतिकृया दिएका छन् ।
लगानी सम्मेलन इलाम नगरपालिका, उद्योग बाणिज्य महासंघ, उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ र इलाम उद्योग बाणिज्य संघको संयुक्त आयोजनमा गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्