Logo
Logo

विघटित कार्यदलको बैठक विना निष्कर्ष सकियो


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले एकताको प्रयासस्वरुप विघटित कार्यदलका नेताहरूबीचको छलफल कुनै ठोस निर्णयविना सकिएको छ । शनिबार सिंहदरबारमा बसेको अनौपचारिक बैठकले कुनै निर्णय निकाल्न नसकेको हो ।

अध्यक्ष केपी शर्मा ओलीले शनिबार ३ बजे स्थायी कमिटी बैठक बोलाएको सन्दर्भमा कार्यदलका सदस्यहरुबीच छलफलमा जुटेका थिए । तर, आजको छलफल निष्कर्षविहीन बनेको छ । नेकपा ओली पक्षका नेता सुवास नेम्वाङले आफूहरु निरन्तर छलफलमा लागिरहेको बताउँदै भने, ‘हामी पार्टी एकताका पक्षमा निरन्तर लागि रहेकै छौँ ।’

नेता गोकर्ण विष्टले पनि आफूहरु पार्टी एकतालाई जोगाउनुपर्ने पक्षमा रहेको बताए । उनले पार्टीलाई कसरी एकतावद्ध बनाएर लैजान सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताए । उनले यसअघि भएको १० बुँदे सहमतिलाई मुख्य आधार बनाएर छलफल भएको बताए । एकतामा धेरै ढिला हुँदा पार्टीमा क्षति पुग्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्