सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउँछाैँ : निधि « Drishti News – Nepalese News Portal
Logo

सबै नागरिकलाई कोरोना खोप उपलब्ध गराउँछाैँ : निधि


दृष्टि संवाददाता


काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन दाबी गरेका छन् ।

शनिबार काठमाडांैको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एण्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका हुन् ।

उनले भने, ‘खोपलाई सरकारले सबैैभन्दा बढी प्राथमिकता दिएको छ। अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको छ। सरकारले जहाँबाट ल्याएर भएपनि नेपाली जनतालाई खोप उपलब्ध गराउँछौं भनिरहेको छ ।’

उपसभापति निधिले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागि परेको बताए।

निधिले कोरोनाबाट मुक्ति पाउने उपायको खोजी गर्न आयुर्वेद चिकित्सकसँग आग्रह पनि गरे। उनले जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकतामा रहेकाले यसमा आयुर्वेद चिकित्सकहरुले पनि महत्त्पूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्