Logo

तुइन काट्ने एसएसबीलाई कारबाही गर्न माधव नेपालको माग


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दार्चुलामा तुइन तर्ने क्रममा युवक महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।

शुक्रबार महाकाली नदी तर्ने क्रममा भारतीय सुरक्षा बल एसएसबीले तुइन काटिदिँदा दार्चुलाको व्यास गाउँपालिका२ का जयसिंह धामी नदीमा वेपत्ता भएका थिए।

शनिबार अखिल फोर्सको कार्यक्रममा उनले घटनामा लापरबाही गर्ने जोसुकै भए पनि कारबाही हुनुपर्ने बताए । उनले घटनाको छानबिन गरी दोषीलाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘यस्तो लापरबाही गर्ने जोसुकै होस्, त्यस्तालाई दण्डित गर्ने काममा भारतको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने, ‘नेपाल सरकारले पनि यो विषय उठाउनका लागि म ध्यानाकर्षण गराउछु ।’

प्रतिक्रिया दिनुहोस्