Logo
Logo

माछापुच्छरे बैंकको तीन नयाँ शाखाको शुभारम्भ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडले टंकिसिनवारी, त्रिशुली र टिमुरे शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले २०७५ चैत्र २१ गते मोरङको बुढीगंगा गाउँपालिकास्थित टंकिसिनवारी शाखा कार्यालय, चैत्र २४ गते नुवाकोटको विदुर नगरपालिकास्थित त्रिशुली शाखा कार्यालय र चैत्र २५ गते रसुवाको गोसाइँकुन्ड गाउँपालिकास्थित टिमुरे शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । टंकिसिनवारी शाखाको उद्घाटन विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले गरेका थिए । त्यसैगरी त्रिशूली शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले गरेका थिए भने टिमुरे शाखाको उद्घाटन रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले गरेका थिए ।

नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ सुबिधा उपलब्ध गराएको छ । बैंकले उक्त शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था रहेको जनाएको छ ।


बैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९९ शाखा र ७६ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १७५ स्थानवाट ग्राहक महानुभावमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै बंैकको देशभर १२१ एटीएम सञ्चालनमा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्