Logo
Logo

ग्लोबलआइएमई बैंक र सुमेरु सिटी हस्पिटलबीच सम्झौता


- दृष्टि न्युज/संवाददाता


कठमाडौं । ग्लोबलआइएमई बैंक लि र सुमेरु सिटी हस्पिटल प्रालिबीच यही चैत्र २५ गते हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्नाग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।


उक्त सम्भौतापत्रमा सुमेरु सिटी हस्पिटल प्रालिका प्रबन्ध निर्देशक सुनिल डंगोल र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री तथाबजार प्रबद्र्घन विभागका प्रमुख नवीन सुवेदीले हस्ताक्षर गरेका छन् । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याइरहेको छ ।


उक्त सम्झौतापश्चात सुमेरु सिटी हस्पिटल, पुल्चोकमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदानगर्ने विभिन्न सेवामा १०प्रतिशतसम्म छुट पाउनेछन् ।


ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३५ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२६ शाखारहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि-सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा रु. १५ लाखसम्मको बिनाधितो प्रोफेशनलकर्जा पनि प्रदान गर्दै आइरहेको छ साथै अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि-सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ । त्यसैगरी मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन, बेलायत, भारत लगायतकामुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्