Logo
Logo

छातीमा समस्या देखिएपछि दलाई लामा अस्पताल भर्ना


- दृष्टि न्युज/संवाददाता

0
Shares

नयाँदिल्ली, २७ चैत (एएफपी) । भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा भर्ना भएका छन् । उनको स्वास्थ्यमा सुधार आएको र छिटै नै अस्पतालबाट डिस्चार्ज गरिने लामाका नजिकैका नातेदारले बताएका छन् ।
उनलाई केही दिनमा नै अस्पतालबाट घर लैजाने लामाका निजी प्रवक्ता तेन्जिन ताक्लाले एएफपी समाचार समितिलाई बताएका छन् । ८३ वर्षीय दलाई लामालाई छातीमा संक्रमण भएको तर हालको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।
प्रवक्ता ताक्लाका अनुसार दलाई लामालाई स्वास्थ्यमा केही अप्ठ्यारो महसुस भएपछि विमानमार्फत् हिमाँचल राज्यको धर्मशालाबाट दिल्ली ल्याइएको थियो । दलाई लामा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत व्यक्तित्व समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्