Logo
Logo

रेकर्ड भएको २० वर्षपछि रायमाझीको ‘कदमको छायाँले’ सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौं । चर्चित गायक तथा निर्देशक नारायण रायमाझीको गीत ‘कदमको छायाँले’ नयाँ भर्जनमा सार्वजनिक भएको छ ।

कदमको छायाँले आमाको मायाले, तिज विशेष रहेको उक्त गी करिब २० वर्ष अगाडि रेकर्ड भएको हो । यस गीतलाई नयाँ एरेन्जमेन्टसहित भिडियो रीमा इन्टरटेन्मेन्टले रिलिज गरेको हो ।

पहिला रेकर्ड भएको गीतमा गायिका बिमा कुमारी दुरा, शकुन्तला रायमाझी र सुष्मा आचार्यले स्वर दिएका थिए । लय पुरानै भएपनि शब्द र भिडियोमा देखिने कलाकारहरु समय सापेक्ष बनाईएको छ । पुनः ताजकी गरीएको गीतमा सुनिता बुढा छेत्रीले स्वर दिएकी छिन् ।

शब्द, संगीत रायमाझी आफैले गरेका हुन् भने भिडियोमा मिराज अर्याल र योगेन्द्र कार्कीको क्यामेरा, मिराज अर्यालको सम्पादन रहेको भिडियो निर्देशन नारायण रायमाझीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्