Logo
Logo

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई कारबाही गर्न कर्मचारी युनियनको माग


दृष्टि संवाददाता


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरी कारबाही गर्न कर्मचारी संगठनले माग गरेको छ । आइतबार नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियले विज्ञप्ति जारी गर्दै अध्यक्ष ढुंगानाले पदको प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेकाले निलम्बन गर्न माग गरेको हो ।

बुक बिल्डिङमार्फत आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर अध्यक्ष ढुंगानकी छोरी रेबिका ढुंगानाको नाममा भेटिएको भन्दै चर्को विरोध भइरहेकोछ ।

उक्त विषय बाहिर आएपछि बोर्ड र अध्यक्षको प्रतिष्ठामै आँच आएको भन्दै कर्मचारी युनियनले कारबाही गर्न माग गरेका छन् । उक्त घटनापछि अर्थमन्त्रालयले बोर्डको नाममा पत्राचार गर्दै ३ दिनभित्र स्पष्टीकरण सोधेको थियो । तर, मन्त्रालयले सोधेको स्पष्टीकरण पत्रमा व्यक्तिको नाम उल्लेख नगरिएस्को भन्दै यूनियनले आपत्ति जनाएको छ ।

युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बोर्डको संस्थागत कगरिमालाई आँच आयननदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७(७), १२, ९१ र ९२ तथा अन्य विद्यमान कानूनका आधारमा सम्बन्धित तत् निकायले बजारको पारदर्शिता र स्वच्छता कायम राख्नका लागि अबिलम्ब छानबिन कार्य अगाडि बढाई दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न यूनियन जोडदार माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्