Logo
Logo

प्रहरीलाई घुस दिने व्यक्ति पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाण्डौ, २७ चैत।
प्रहरीलाई घुस दिने चालक पक्राउ परेका छन् । मंगलबार त्रिपुरेश्वर सडक खण्डमा महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथलीबाट खटिएको प्रहरी टोलीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने रत्नपार्क–थानकोट चल्ने बा. २ ख ६१८६ नम्बरको सवारी चालक धादिङ माधवबेशी २ घर भई काठमाण्डौ सतुङगल बस्ने बर्ष ३३ को एक बहादुर तामाङलाई पक्राउ गरेको हाे।

सवारी साधनलाई चेकजाँच गर्दा कागजपत्र नभएकाले प्रहरीले कारबाही गर्न खोज्दा कारवाहीबाट बच्न तामाङले नगद १ सय दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई थप थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्