Logo
Logo

सर्वोच्चद्वारा वलीको रिहाई अस्वीकार


- दृष्टि न्युज/संवाददाता


File Photo

काठमाडौं, २७ चैत । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य हेमन्त प्रकाश वलीलाई रिहाई गर्न अस्वीकार गरेको छ ।
गत ६ चैतमा पक्राउ परेका वलीको रिहाइका लागि उनकी छोरी बिपना वलीले गत १३ चैतमा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिएकी थिइन् । उक्त रिटमाथि सुनुवाईपछि बुधबार सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले जिल्ला अदालत ललितपुरबाट अनुसन्धानका लागि प्रहरीको अनुमति प्रदान भई हिरासतमा रहेको अवस्थामा वन्दी प्रत्यक्षीकरण रिटका माध्यमबाट छाड्न नमिल्ने आधारमा रिट खारेज गरेको हो ।
वलीमाथि प्रहरीले संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा तथा वम विस्फोट र ज्यानमार्ने उद्योग गरी चारवटा आरोपमा थुनामा राखेर अनुसन्धान गरिरहेको छ । सर्वोच्चले रिट खारेज गरेपछि वलीलाई पुनः थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्