Logo
Logo

सरकारी सेवासुविधा नलिने राज्यमन्त्री श्रेष्ठको घोषणा


दृष्टि संवाददाता

441
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कुनै पनि सरकारी सेवासुविधा नलिने घोषणा गरेका छन् ।

राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयका आफ्नो ‘सार्वजनिक स्वास्थ्य र कोभिड महामारी नियन्त्रणबारे २३ बुँदे नीतिगत प्रतिवद्धता र कार्ययोजना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुरक्षाकर्मीबाहेकका कुनै पनि सेवासुविधा नलिने घोषणा गरेका हुन् ।

उनले भने, ‘सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सेवासुविधा मध्ये सुरक्षाकर्मीबाहेक सवारी साधन, आवास, तलवभत्तालगायतका कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा नलिने घोषणा गर्दछ ।’

आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको पनि राज्यमन्त्री श्रेष्ठले बताए । ‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु,’ उनले भने, ‘पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत् सार्वजनिक गर्न चाहन्छु ।’

राज्यमन्त्री श्रेष्ठले सबै नेपाली नागरिकलाई आगामी चैत्र मसान्तसम्म कोभिड खोप लगाईसक्ने योजना पनि सार्वजनिक गरे । नेपाली जनताको जीवन रक्षा गर्नु आफ्नो सर्वोच्च प्राथमिकता हुने उल्लेख गर्दै उनले चैत्र मसान्त भित्र सबै नेपालीलाई खोप लगाई सक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्