Logo
Logo

दुर्घटनामा पोखरेली गायक थुलुङको निधन


- दृष्टि न्युज/संवाददाता


कास्की, २८ चैत । दुई दशकदेखि पोखरालाई कर्मक्षेत्र बनाउँदै आएका संगीतकर्मी श्रीमान थुलुङ राईको दुर्घटनामा परी निधन भएको भएको छ ।
बुधवार राति करीब साढे ९ बजे पोखरा महानगरपालिका–१२ स्थित शीतलादेवीमा श्रीमतीसहित उनी सवार ग१२प ६७९ नंको स्कुटर पर्खालको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनापछि थुलुङ सेती नहरमा खसेको र साढे १० बजे पोखरा–१३ स्थित दुईकुलाको मुहानबाट वडा प्रहरी कार्यालय रामबजारको टोलीले उद्धार गरेको थियो ।
प्रहरीले उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । स्कुटरमा सँगै रहेकी उनकी पत्नी भने सकुशल छिन् ।
५० वर्षीय थुलुङको निधनपछि पोखरेली संगीतकर्मी शोकमा छन् । थुलुङले तराना म्युजिक सेन्टर नामक संगीत प्रशिक्षण केन्द्र सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्