काठमाडौं । नेपाल टेलिभिजनले १० वर्षपछि स्याटालाइट भाडामा लिनका लागि टेण्डर प्रक्रिया अघि बढाउँदा कमिसनको चक्करमा व्यवस्थापकबीच चर्को विवाद भएको छ । विवाद गर्दा इन्जिनीयरहरुलाई धम्की आएको कर्मचारीहरु बताउँछन् । पहिलो त गरिसकेको टेण्डर रद्द गर्नु पर्ने विषयमा उनीहरुबीच झगडा भएको थियो भने, दोस्रो टेण्डरको विषयमा विवाद हुँदा बोलकबोल रकमसमेत सार्वजनिक भएको छ । टेण्डरको बोलकबोल रकम २६ सय अमेरिकन डलर प्रति मेघाहर्ज राखेर बोलपत्र आह्वान गरिएको र ६ वटा कम्पनीबाट प्रस्ताव आउन सक्ने कुरा पनि खुलासा भएको छ ।

टेलिभिजनले हालमा प्रति मेघा हर्ज ३४ सय ९० अमेरिकन डलरमा स्याटालाइट भाडामा लिइरहेको छ । सन् २०११ बाट चर्को भाडा तिर्दा नेपालकै निजी क्षेत्रका टीभीहरुले १३ सय डलरभन्दा बढी रकम नतिरेको अवस्थामा नेपाल टेलिभिजनले खोलेको टेण्डरमा २६ सय अमेरिकन डलर राखेर कमिसनको लागि बाटो खुला राखेको स्पष्ट छ ।
हालसम्म मासिक स्याटालाइट भाडाबाट ५० लाख रुपियाँ बढी कमिसन आउने गरेको र माथिसम्म पुगेकोले टेण्डर नगरेको अवस्थामा चौतर्फी दवावपछि नाम मात्रैको भएपनि टेण्डर निकालिएको स्रोतले दृष्टिलाई बताएको छ । टेण्डर डकुमेण्ट तयार पार्ने समयदेखि पहिलो चरणको पार्टी छान्ने बेलासम्म पनि विवाद र तनाव भैरहेको छ । ३४ सय ९० डलरमा खरिद गरी कमिसन कुम्ल्याइरहेको समूहले सकेसम्म टेण्डर नै खोल्न नदिई पुरानै भाडामा सम्झौता गर्ने र गर्नै परेपछि आफ्नो सेटिङको कम्पनीलाई मिल्ने गरी बोलपत्र तयार गर्न दवाव दिएको कर्मचारीहरु बताउँछन् । कम्पनीहरुको टेण्डर परिसकेपछि पनि टेण्डर रद्द गरी पुरानै कम्पनीको नवीकरण गरेर कमिसन खाइरहने कामको लागि दवाव र तनाव पैदा गराइएको छ ।
टेलिभिजनले हालमा प्रति मेघा हर्ज ३४ सय ९० अमेरिकन डलरमा स्याटालाइट भाडामा लिइरहेको छ । सन् २०११ बाट चर्को भाडा तिर्दा नेपालकै निजी क्षेत्रका टीभीहरुले १३ सय डलरभन्दा बढी रकम नतिरेको अवस्थामा नेपाल टेलिभिजनले खोलेको टेण्डरमा २६ सय अमेरिकन डलर राखेर कमिसनको लागि बाटो खुला राखेको स्पष्ट छ ।
टेण्डर रद्द गर्ने पक्षमा कार्यकारी अध्यक्ष महेन्द्र विष्ट, खरिद प्रमुख सुरज थापा, कर्मचारी संघको अध्यक्ष गोपाल दाहाल र गोविन्द धिताल लगायतको समूह रहेको छ । धम्क्याउनेमा रिटायर भैसकेका इन्जिनीयर दीपकमणि धिताल मुख्य रहेको कर्मचारी बताउँछन् । तर, इन्जीनियरहरु भने टेण्डर रद्द गर्न नहुने पक्षमा छन् । टेलिभिजनमा चलखेल गर्ने समूहले छोटो समयमा नै अकुत सम्पती आर्जन गरेका छन् । अध्यक्ष महेन्द्र विष्टले टेलिभिजनमा आइसकेपछि भक्तपुरको बालकोटमा २ करोड ८० लाखको घर खरिद गरेका छन् । अध्यक्ष विष्टको प्रभू बैंकमा रकम जम्मा गर्ने व्यक्तिका रुपमा चर्चित इन्जीनियर सुनिल श्रेष्ठले पनि बालकोटमै घर बनाउँदै गरेका छन् भने रकम जम्मा हुने खाता बन्द गरी नयाँ खाता खोल्ने गरेका छन् ।
विष्टले श्रीमती इन्दु विष्टलाई प्रभूमा जागिर खुवाई टेलिभिजनको अन्य बैंकको रकम प्रभूमा नै सारेका छन् । यसअघिमा महाप्रबन्धक गोविन्द रोकाले पनि ललितपुरमा जग्गा किनेको बताइएको छ । विष्टको कार्यकालभरका योजना अंतर्राष्ट्रीय महाशाखा र खरीद इकाई प्रमुख सुरज थापाले लोकन्थली चौकमा लगभग ३ करोड ५० लाख जतिको घरजग्गा जोडिसकेका छन् र सुविधासम्पन्न हुन्डाइ गाडी चढ्ने गरेका छन् भने, अध्यक्ष बिष्टको चाकरी गरेर थापा १० तह निर्देशक भएर लुटतन्त्र मच्चाएको छ भने थापासँगैका साथीहरु अहिले पनि ८ तहमा चित्त बुझाउँदैछ ।
तनावकै बीच कांग्रेस सम्बद्ध नेपाल प्रेस युनियन र कर्मचारी संघले गरेका छलफलमा टेण्डर रद्द गर्ने र नगर्ने विवाद र भनाभन भएको र फोनबाट समेत धम्की दिने काम भएको थियो । उता विष्टको पक्षको कर्मचारी संघले स्याटालाइट भाडामा लिँदा पुरानो सम्झौताको पक्षमा वक्तव्य निकालेको छ ।












