Logo
Logo

असुलीमा सिडिओ र एसपी


दृष्टि संवाददाता


काठमाडौं । सिन्धुपाल्चोक जिल्ला यतिबेला प्राकृतिक प्रकोपको महाबिपत्तीमा छ । मेलम्ची नदीमा निरन्तर आएको बाढीले आसपासमा ठूलो क्षती पु¥याएको छ ।

यस्तो बेला जिल्लाका सिडिओ र एसपीको ध्यान भने पैसामै छ, त्यो पनि प्राकृतीक स्रोतको दोहन गरेर । अहिलेको वर्षाको समयमा पनि इन्द्रावती खोलाबाट ठूलो मात्रा बालुवाटा निकाल्ने काम भइरहेको छ, त्यो पनि एक्साभेटर प्रयोग गरेर । सिडिओ, एसपी, स्थानीय तह तथा सबै दलका नेतालाई मिलाएर साउनको बेला यस्तो दोहन बढेको हो । जसले गर्दा खोलामा बाढीको जोखिम झन् बढेको छ ।

सिन्धुपाल्चोकका सिडिओ अरुण पोखरेलले नै यसरी अवैध धन्दामा साथ दिएका हुन् । सिडिओ साब मिलेको भन्दै आफुले रोक्न नसक्ने भन्दै एसपी राजन अधिकारीले समेत मासिक पैसा बुझन्े गरेको जिप्रका सिन्धुपाल्चोकका एक अधिकारी बताउँछन् । ‘काभ्रेमा सेटिङ मिलाउन सकेका रहेनछन्,’ ती अधिकारी भन्छन्,‘सिन्धुपाल्चोकमा भने खुलेआम रुपमा दिनभरी खोलाबाट बालुवा र गिट्टी निकालेर केही माथि ल्याएर थुपार्ने गरिएको छ ।’ यसरी दिनमै सयौं ट्रक बालुवा र गिट्टी निकालिने भएकाले यसमा लाखौंको चलखेल रहेको प्रष्ट छ ।

प्रतिक्रिया दिनुहोस्