काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा काठमाडौं नाइट्सले पोखरा एभेन्जर्सलाई पराजित गरेको छ । शनिबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा २६ रनले काठमाडौं नाइट्सले जित हासिल गरेको हो ।

पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिङ गरेको थियो । काठमाडौं नाइट्सले १९ ओभरमा ५ विकेट गुमाउँदा १६२ रन बनाएको थियो ।
यस्तै, पोखरा एभेन्जर्ससामु १६३ रनको लक्ष्य प्रस्तुत गर्दा पोखराले ७ विकेटको क्षतिमा १३६ रनमात्रै बनायो । काठमाडौंका लागि अज्मातुल्लाह ओमरजाइले अविजित रही ८५ रन बनाए । उनी प्लेयर अफ डि म्याच समेत बने ।