Logo
Logo

प्रचण्डसँगै आज चार मन्त्रीले शपथ लिने


96.7k
Shares

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै सानो आकारमा मन्त्रिमण्डल गठन गर्ने भएका छन् ।

आइतबार प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ४ बजे शपथ लिने कार्यक्रम छ । सो समारोहमा प्रचण्डसँगै चारजना मन्त्रीले शपथ लिने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

नेकपा एमालेबाट विष्णु पौडेल, माओवादीबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र जनमत पार्टीबाट सिके राउतले मन्त्रीको शपथ लिने बताइएको छ ।

कसले कुन मन्त्रालय पाउने भन्नेचाहिँ टुंगो लागिसकेको छैन । आइतबार १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।

प्रतिक्रिया दिनुहोस्