
काठमाडौं । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।
नयाँ बानेश्वरमा भएको सात दलीय गठबन्धन बैठकपछि पत्रकारहरुसंग कुरा गर्दै पार्टी अध्यक्ष सीके राउतले आफ्नो पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको जानकारी दिए ।
त्यस्तै, उनले अन्य केहि मन्त्रालय पनि पाउने सम्भावना रहेको समेत जानकारी दिए ।