Logo
Logo

एमाले कर्णाली प्रदेशसभा दलको नेता बने यामलाल कँडेल


441
Shares

काठमाडौं । यामलाल कँडेल नेकपा एमाले कर्णाली प्रदेशसभा दलको नेता बनेका छन् । एमाले कर्णाली प्रदेश समितिको आज बसेको बैठकले कँडेललाई सर्वसम्मतरूपमा दलको नेतामा चयन गरेको हो ।

संसदीय दलको नेतामा सुर्खेत क्षेत्र नं २ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कँडेलसँगै दैलेख क्षेत्र २ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहको दाबी थियो ।

आफूले दाबी छोडेपछि कँडेल सर्वसम्मत दलको नेता चयन भएको अध्यक्ष शाहले जानकारी दिए । नेता कँडेल विसं २०७४ मा पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

हाल उनी एमालेको स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इञ्चार्ज हुन् ।

प्रतिक्रिया दिनुहोस्