Logo
Logo

मधेस प्रदेशमा कांग्रेसले आज दलको नेता चयन गर्दै


378
Shares

काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ । सहमतिमा दलको नेता चयन हुन नसकेपछि निर्वाचन गर्न लागिएको हो । संसदीय दलको नेतामा मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादव उम्मेदवार छन् ।

दुवैले उम्मेदवारी दर्ता गराइसकेको र मतदान दिउँसो ३ बजेपछि हुने कांग्रेस मधेश प्रदेश प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले जानकारी दिए । कृष्ण पार्टी सभापति देउवा पक्षधरका हुन् रामसरोज विमलेन्द्र निधि निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्