Logo
Logo

आज सुनचाँदीको मूल्य घट्यो



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । आज एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्