Logo
Logo

राप्रपाका सांसदद्वारा सहकारीको करोडौँ रकम अपचलन, पक्राउ पुर्जी जारी



काठमाडौँ । सहकारी ठगी कसुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत नवलपुरले सांसद बस्नेतलाई सहकारी कसुरमा पक्राउ गर्न अनुमति दिएको हो ।

प्रहरी कार्यालय कावासोतीसहितको छानबिनमा रकम हिनामिनामा सांसद बस्नेतको समेत संलग्नता रहेको खुलेको थियो । सांसद बस्नेत अहिले फरार रहेको र उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ ।

सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोड भन्दा बढी रकम अपचलन गरेको अनुसन्धानमा खुलेको छ । सोही प्रकरणमा थप अनुसन्धान गर्न उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्