Logo
Logo

नेपाली हेलमेट बंगलादेश निर्यात


91
Shares

काठमाडौं । नेपाली हेलमेट बंगलादेशमा निर्यात सुरु भएको छ । रुपन्देहीका आवास ग्रुपअन्तर्गतको मयुर स्टिल इन्डस्ट्रिजले निर्यात सुरुगरेको हो ।

रुपन्देहीको देवदहमा मयुर स्टिल इन्डस्ट्रिजले विभिन्न किसिमका हेलमेट उत्पादन गर्दै आएको छ । यति ब्रान्डमा कम्पनीले हालै हाफ फेसमा डबल भाइजर हेलमेट बजारमा ल्याएको छ । इगल र राइडर मोडल बजारमा ल्याएको छ ।

‘अहिले महिनाको एक कन्टेनर हेलमेट बंगलादेश पठाएका छौं,’ मयुर स्टिल इन्डिस्ट्रिजका प्रवन्ध निर्देशक महेश थैवले भने, ‘अहिले परिक्षणको रुपमा मात्रै निर्यात भइरहेको छ ।

बंगलादेशका व्यवसायीले अझै ठूलो परिमाणमा हेलमेट लैजाने विश्वास छ ।’ कम्पनीले नेपाल भर यति ब्रान्डमा हाफ र फुल हेलमेट बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्