Logo
Logo

गण्डकीका मुख्‍यमन्त्रीले मागे विश्वासको मत



काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा सम्बोधन गर्दै विश्वासको मत मागेका छन् । आइतबार दिउँसो प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले सम्बोधन गर्दै मागेका हुन् ।

आफ्नो सरकारले जनतालाई प्राथमिकतामा राखेर काम गर्दै आएको र अझ जनताको हित र कल्याणमा काम गर्नेसमेत उनले बताए । जनतालाई सुशासन र सास्तीरहित सेवा प्रदान गर्नेसमेत उनले बताए।

चैत २५ गते मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संवैधानिक व्यवस्थाअनुसार २४ गतेसम्म विश्वासको मत लिनुपर्ने भएकाले आज विश्वासको मत लिन लागेका हुन्।

अधिकारीले राप्रपालाई समेत सरकारमा ल्याएर बहुमत पुर्‍याउने कसरत गरिरहेको भए पनि राप्रपाले विश्वासको मत नदिने बताएको छ ।

राप्रपाले साथ नदिए एमालेका २२, माओवादीका ७ र दीपक मनाङेसहित ३० पुग्ने र सभामुखलाई अलग राख्दा ५९ सदस्यमध्ये ३० संख्यालाई सभामुखकै अप्रत्यक्ष समर्थनमा बहुमत घोषणा गर्ने अन्तिम विकल्प हुन सक्ने गठबन्धनको धारणा छ।

प्रतिक्रिया दिनुहोस्