Logo
Logo

अनुभूति बुढामगरको ‘सानो चिबेचरा’ विमोचन


2.8k
Shares

दाङ । राप्ती साहित्य परिषद् दाङद्वारा आयोजित वृहत् साहित्यिक समारोहको अवसर पारेर दस वर्षीय अनुभूति बुढामगरले तयार पारेको ‘सानो चिबेचरा’ नामक बाल कविता संग्रह विमोचित भएको छ ।

शुक्रवार घोराहीमा आयोजित उक्त समारोहमा वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले उक्त कृति लोकार्पण गरेका हुन् । ‘पाँच कक्षामा पढ्ने नानीले यति गहन विषय उठाउनु गर्वको कुरा हो । यो उमेरमै किताब तयार पार्नु निकै हर्षको विषय पनि हो ।’ पत्रकार शर्माको भनाइ थियो ।

गोर्खा इन्टरन्याशनल स्कुल घोराहीमा कक्षा पाँचमा अध्ययनरत अनुभूति बुढा मगरका  कवितामा समाज, वातावरण, शिक्षा, समानता लगायतका विषयहरू समेटिएको वक्ताहरूले बताए ।

प्रतिक्रिया दिनुहोस्