Logo
Logo

यी हुन मोदी क्याविनेटका ३० मन्त्री


2.8k
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । तेस्रो कार्यकालका प्रधानमन्त्री मोदीले ७१ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।

प्रधानमन्त्री मोदीले ३० पूर्ण मन्त्री, ५ राज्यमन्त्री (स्वतन्त्र प्रभार) र ३६ राज्य मन्त्री गरी ७१ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसमा उनले महत्त्वपूर्ण मन्त्रालयमा कुनै हेरफेर नगरी पुरानै अनुहारलाई स्थान दिएका छन् ।

जसमा गृह मन्त्रालयमा अमित शाह, रक्षा मन्त्रालयमा राजनाथ सिंह, विदेश मन्त्रीमा डा.एस जयशंकर, अर्थ मन्त्रीमा निर्मला सितारमण र सडक परिवहन मन्त्रालयमा नितिन गडकरी दोहोरिएका छन् ।

यस्तो छ प्रधामन्त्री मोदीको मन्त्रिपरिषद्ः

नरेन्द्र मोदीः प्रधानमन्त्री

राजनाथ सिंहः रक्षा

अमित शाहः गृह र सहकारिता

नितिन गडकरीः सड़क परिवहन र राजमार्ग

जगत प्रकाश नड्डाः स्वास्थ्य, रसायन र ऊर्वरक

शिवराज सिंह चौहानः कृषि र ग्रामीण विकास

निर्मला सीतारमणः अर्थ र कर्पोरेट मामिला

एस जयशंकरः विदेश

मनोहर लालः आवास र शहरी मामिला अनि ऊर्जा

एचडी कुमारास्वामीः ठूला उद्योग र इस्पात

पीयूष गोयलः वाणिज्य र उद्योग

धर्मेन्द्र प्रधानः शिक्षा

जीतन राम माझीः सूक्ष्म, लघु र मध्यम उद्योग मन्त्रालय

राजीव रञ्जन सिंहः पञ्चायती राज, मत्स्य, पशुपालन र डेरी

सर्वानन्द सोनोवालः बन्दरगाह, जहाजरानी र जलमार्ग

डाक्टर वीरेन्द्र कुमारः सामाजिक न्याय एवं आधिकारिता

किञ्जारापु राममोहन नायडूः नागर विमानन

प्रल्हाद जोशीः उपभोक्ता मामिला, खाद्य, जन वितरण, नवीन र नवीकरणीय ऊर्जा

जुएल उराँवः आदिवासी मामिला

गिरिराज सिंहः कपडा

अश्विनी वैष्णवः रेलवे, सूचना एवं प्रसारण, इलेक्ट्रोनिक्स र सूचना प्रोद्यौगिकी

ज्योतिरादित्य सिंधियाः सञ्चार, पूर्वोत्तर विकास

भूपेन्द्र यादवः पर्यावरण, वन एवं जलवायु परिवर्तन

गजेन्द्र सिंह शेखावतः संस्कृति र पर्यटन

अन्नपूर्णा देवीः महिला एवं बाल विकास

किरेन रिजिजूः संसदीय कार्य र अल्पसंख्यक मामिला

हरदीप सिंह पुरीः पेट्रोलियम एवं प्राकृतिक ग्यास

मनसुख मांडवियाः श्रम एवं रोजगार, युवा एवं खेल मामिला

जी किशन रेड्डीः कोयला र खनन

सीआर पाटिलः जल शक्ति

प्रतिक्रिया दिनुहोस्