Logo
Logo

सरिता थुलुङलाई स्वर्ण


252
Shares

काठमाडौँ । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशका सरिता थुलुङले आज स्वर्ण जितेका छन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको महिला ६७ केजीमाथि तौलसमूहमा सरिताले ६५ केजी भारवहन गरे । वाग्मती प्रदेशका सङ्गीता लिम्बूले ४१ केजी तथा गण्डकी प्रदेशका भावना केसीले ४० केजी तौल उठाउँदै क्रमशः रजत र स्वर्ण हात पारे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद सङ्घ नेपालको व्यवस्थापनमा भएको उक्त प्रतियोगिताको महिला ६७ केजीमुनि कोशीका अनुकला राई पहिलो भए । अनुले ४२ केजी वजन उचाले । कोशीकै सम्झना वन दोस्रो तथा गण्डकीका शर्मिला विश्वकर्मा तेस्रो भए । सम्झनाले ४० तथा शर्मिलाले ३६ केजी भार बहन गरे ।

उक्त प्रतियोगिताको ५० केजीमुनि ३४ केजी तौल उचालेका लुम्बिनी प्रदेशका हुमा मगरले स्वर्ण जिते । २५ केजी तौल उठाएका सुदूरपश्चिमका रोशनी थापा दोस्रो भए ।

दुईदिने प्रतियोगिताको पुरुषमा चार र महिलामा तीन गरी सात स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद सङ्घ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्