Logo
Logo

क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय


882
Shares

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने निर्णय गरेको छ । क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले बेगमलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको एक पदाधिकारीले जानकारी दिए ।

महिला टी–२० एसिया कपका लागि चलिरहेको बन्द प्रशिक्षणमा बेगमले टिम व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्