
काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेको छ ।
सोमबार समितिले गभर्नर अधिकारीसहित बैंकका अधिकारीहरूसँग सहकारीका समस्याबारे छलफल गरेको हो । समितिले सहकारीको समस्या र समाधान खोज्न विभिन्न पदाधिकारी, व्यक्तित्वसँग छलफल र सोधपुछ गर्ने काम गरिरहेको छ ।
यसअघि गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, एआइजी श्याम ज्ञवाली लगायतसँग पनि छलफल गरेको थियो । त्यस्तै देशभरका समस्याग्रस्ता २९ सहकारीका सञ्चालकलाई पनि समितिमा उपस्थित हुन निर्देशन दिएको थियो ।