Logo
Logo

विश्व विजेता अर्जेन्टिनामाथि क्यानडाले निकाल्ला ‘सरप्राइज’ नतिजा ?


630
Shares

काठमाडौं । अमेरिकामा जारी कोपा अमेरिका फूटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा साविक विजेता अर्जेन्टिना र क्यानडा भिड्दैछन् ।

खेल नेपाली समयअनुसार बुधवार बिहान ५ः४५ बजे न्युयोर्कमा हुनेछ । साविक विजेता अर्जेन्टिना क्यानडालाई सजिलै हराएर उपाधि नजिक पुग्न चाहन्छ । यसअघि समूह चरणको खेलमा पनि यी दुई टोलीबीच भेट भएको थियो । जहाँ अर्जेन्टिनाले २–० गोल अन्तरले हराएको थियो ।

यसर्थ अर्जेन्टिना बुधवार यही नतिजा दोहोर्याउन चाहन्छ । यता क्यानडा भने ‘सरप्राइज’ नतिजा निकाल्दै फाइनलमा पुग्न चाहन्छ । क्यानडाको सेमिफाइनल यात्रा आफैँमा अप्रत्यासित हो । अर्जेन्टिनालाई हराएर उ अझै अप्रत्यासित नतिजा निकाल्न चाहन्छ ।

यी दुई टोलीबीच यसअघि दुई पटक भेट भएको छ । दुवैमा अर्जेन्टिनाले जितेको छ ।

प्रतिक्रिया दिनुहोस्