
काठमाडौं । सरकारले त्रिशूलीमा हराएका दुई बस र बेपत्ता यात्रुको खोजी गर्न चीनसँग पनि सहयोग माग्ने तयारी गरेको छ ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै गृहसचिव एकनारायण अर्यालले नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालमा पहिरो जाँदा त्रिशुलीमा हराएका बस र यात्रुको खोजी गर्न चीनसँग सहयोग माग्ने
तयारी भएको जानकारी दिएका हुन् ।
सिमतालमा गत असार २८ गते पहिरोमा परी दुईवटा बस त्रिशूलीमा बेपत्ता भएका थिए । ती बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाँच्न सफल भएका थिए भने हालसम्म २४ वटा शव फेला परेका छन् । भारतीय उद्धार टोली परिचालन गर्दा पनि अन्य यात्रु र बसको अवस्था अज्ञात छ ।