Logo
Logo

आइतबार उपत्यकामा सार्वजनिक विदा दिने सरकारको निर्णय


378
Shares

काठमाडौं । सरकारले साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृहमन्त्रालयले मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौमा उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने व्‍यवस्था भएको जनाएको छ ।

‘… मिति २०८१ साल साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौ उपत्यकाका ३ जिल्लाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको व्‍यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।

हेर्नुस् विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्