Logo
Logo

मधेसी दलहरूलाई मधेस जनजागरण अभियानले दियो चेतावनी


441
Shares

काठमाडौं । मधेस जनजागरण अभियानले मदेसको मुद्दाप्रति मधेसी दलहरू संवेदनशील र गैर जिम्मेवार भएको आरोप लगाएको छ । अभियानले मधेसी दलहरूलाई मदेसको मुद्दाप्रति गम्भीर आग्रह गर्दै खबरदारीसमेत गरेको छ ।

अभियानले आइतबार काठमाडौँस्थित मधेस मिडिया हाउसमा ‘मदेसको मुद्दाप्रति मधेसी दलहरूको उदासीनता किन रु’ विषयक पत्रकार सम्मेलन गरी मधेसी दलहरूलाई खबरदारी गरेको हो । 

अभियानले पत्रकार सम्मेलनमा जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘नेपाल सरकार र मधेसी पार्टीहरूबिच विगतमा भएका सम्झौताहरूको कार्यान्वयनमा देखिएको ढिलाइप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सम्झौता कार्यान्वयनको प्रक्रियामा देखिएको यस प्रकारको संवेदनशीलता र गैर जिम्मेवारीले देशको संघीय लोकतान्त्रिक प्रणालीप्रति मधेसी  जनताको विश्वासमा गम्भीर असर परेको छ ।’

मधेसी समुदायका हक अधिकार सुनिश्चित गर्नका लागि सम्झौतामा उल्लेखित बुँदाहरूको समयमै कार्यान्वयन अत्यावश्यक रहेको भन्दै अभियानका नेताहरूले यी सम्झौताहरूलाई अझै पनि पूर्णरुपमा कार्यान्वयन गर्न नसक्नु मधेसी दलहरूको इच्छाशक्ति र प्रतिबद्धतामाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको टिप्पणी गरेका छन् ।

पत्रकार सम्मेलनमा अभियानका संयोजक रञ्जित कुमार झाले अभियानको तर्फबाट यस विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै मधेसी दलहरूलाई सम्झौताका सबै बुँदाहरूलाई तत्काल कार्यान्वयनमा ल्याउन जोडदार माग गरेका छन् । उनले सम्झौताका बुँदाहरूमा स्पष्टरुपमा उल्लेख भएका संघीयता, समानुपातिक प्रतिनिधित्व, समावेशीकरण र मधेसी जनताका अधिकारहरूको पूर्ण सुनिश्चितताका लागि मधेसी दलहरूले तुरुन्तै आवश्यक कदम चाल्नुपर्ने आग्रह गरे ।

उनले सबै दल र सरोकारवालाहरूलाई यस विषयमा गम्भीरतापूर्वक ध्यान दिन र जनताका पक्षमा रहेको सम्झौताका बुँदाहरूलाई तत्काल कार्यान्वयनमा ल्याउन आह्वान गरेका छन् । उनले मधेसीहरू मुद्दाबाट विचलित भई ठूला दलहरूको पुच्छर भएको आरोप लगाए । ‘मधेसी दलहरू ठुलाका पुच्छर भए, सिके राउतले स्वतन्त्र मदेसको कुरा गरेका थिए, कहाँ गए स्वतन्त्र मधेस रु’ उनले आक्रोश पोख्दै भने, ‘जसपा माओवादीको पुच्छर, लोसपा कांग्रेसको पुच्छर र जनमत पार्टी एमालेको पुच्छर भएका छन् ।’

मधेसी दलले मधेसी जनताका लागि नभई आफ्नो परिवार र विदेशीका लागि काम गर्दै आएको आरोप लगाए । उनले मधेसी दलहरूले २२ जिल्लाको मदेसलाई आठ जिल्लामा सीमित गरेको आरोप लगाउँदै भने, ‘मधेसी दलहरूले मधेसी जनतासँग माफी माग्नुस्, तपाईँहरू आफ्नो व्यवहारमा सुधार ल्याउनुस्, नभए यसको परिणाम भयावह हुनेछ ।’ केही दलाल मधेसी नेताहरूका कारण मदेसको स्वाभिमान खसेको भन्दै अब मधेसी दलहरूकै विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन लागेको उनले जिकिर गरे ।

संयोजक झाले मधेसी दलका नेताहरूलाई नै मदेशवाद के हो भन्ने कुरा थाहा नभएको बताए । उनले मधेसी दलहरूका लागि मदेशवाद भनेको कांग्रेस, एमाले र माओवादी चाप्लुसी गर्ने मात्र रहेको आरोप लगाए । ‘मधेसी दलका नेताहरूलाई मदेसवादको पाठ पढाउन हामी तयार छौँ । उहाँहरू सुध्रिनुहुन्छ भने सुध्रिनुस्, होइन भने आगामी परिणामका लागि तयार हुनुस्,’ उनले भने ।

यसै गरी, पत्रकार सम्मेलनमा अभियानका नेता डा।आदर्श नाग वंशीले मधेसी जनता मधेसी दलबाट पनि पीडित रहेको बताएका छन् । उनले भने, ‘हामी गैरमधेसी दलहरूबाट त पीडित छँदै थियौं, मधेसी दलहरूबाट पनि पीडित हुँदै आएका छौँ । हामीले मधेस जनजागरण अभियान ९त्रिनेत्र०मार्फत सचेत गराउन चाहन्छौँ ।’ 

प्रतिक्रिया दिनुहोस्