Logo
Logo

बाबुराम भट्टराई भन्छन्- फागुन १ गतेलाई ‘जनक्रान्ति दिवश’का रुपमा मनाऔँ


1.1k
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले फागुन १ लाई ‘जनक्रान्ति दिवस’का रुपमा मनाउन प्रस्ताव गरेका छन् । नेता भट्टराईले शब्दको जुंगाको लडाइँ छोडेर फागुन १ गतेलाई राज्य, सबै दल र जनताकोतर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाउन प्रस्ताव गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘शब्दको जुंगाको लडाइँ छोडौं । फागुन १ गतेलाई राज्य र सबै दल, जनताको तर्फबाट प्रत्येक वर्ष ‘जनक्रान्ति दिवस’ को रुपमा मनाऔं ।’

डा भट्टराईले १९९७ सालको विद्रोह, २००७ सालको जनक्रान्ति, झापा जनविद्रोह, २०४६ सालको जनआन्दोलन, २०५२–६२ सालको सशस्त्र जनयुद्ध, २०६२÷६३ सालको संयुक्त जनआन्दोलन, मधेश विद्रोह, थारू विद्रोह, आदिवासी जनजाति आन्दोलन लगायतका सबै आन्दोलन र क्रान्तिका कडीहरूलाई पनि जोड्न प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्