काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुपन्देही जाँदैछन् । ऐतिहासिक तथा धार्मिकस्थलको शिलान्यास तथा विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड रुपन्देही लागेका हुन् ।

अध्यक्ष प्रचण्डको कार्यतालिका अनुसार फागुन २८ गते बिहान ११ बजे रुपन्देही जिल्लाको ओमसतिया–६ मा अवस्थित रामजानकी जमुहानी पोखरा ताल पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । यो धार्मिक तथा ऐतिहासिक महत्वको पार्क निर्माणले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
यस्तै, आजै प्रचण्ड बुटवल उपमहानगरपालिकाको समन्वयमा ज्योतिनगर पहिरो क्षेत्रको निरीक्षण गर्नेछन् । दिउँसो बुटवल ट्राफिक चोकमा आयोजना हुने मगर मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नेछन् । त्यसपछि रुपन्देहीका कार्यक्रमको अन्तिम कार्यक्रमअन्तर्गत अध्यक्ष प्रचण्डले सैनामैनामा चलिरहेको सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित रहने बताइएको छ ।
अध्यक्ष प्रचण्ड दिनभर रुपन्देहीका जनताको साथमा रहने माओवादी केन्द्रका रुपन्देही जिल्ला संयोजक निर्मल जीसी बताए । उनका अनुसार अध्यक्ष प्रचण्डको रुपन्देहीका विभिन्न कार्यक्रमको सहभागिताले स्थानीय विकास, राजनीतिक गतिविधि तथा पार्टी सङ्गठन सुदृढीकरणमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।