
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक बस दुर्घटना भएको छ ।
चितवनको नारायणगढबाट पर्साको वीरगञ्जतर्फ जाँदै गरेको बा ५ ख ४०७३ नम्बरको यात्रुबाहक बस स्कुटरसँग ठोक्किएर दुर्घटना भएको हो । बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार बस सडकको नालीमा खसेको छ ।
स्कुटर चालक घाइते भएका छन् भने बसका यात्रुहरु सकुशल रहेको उनले बताए । घाइते स्कुटर चालकलाई उपचारका लागि अस्पताल पठाइएको छ ।