Logo
Logo

८८ बन्डल नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ


2.3k
Shares

जनकपुरधाम । सर्लाहीको मलंगवाबाट ठूलो परिणाममा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउँपालिका–७ बैरियाका ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी गाउँपालिका–२ का ५० वर्षीय रामपृत सहनी, सोही ठाउँकी ३५ वर्षीया सिहानताकुमारी देवी, महोत्तरीको सोनमा गाउँपालिका–७ सुन्दरपुरका ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ चिलमिलियाका ५६ वर्षीय रामनारायण सहनी रहेका छन् ।

उनीहरुलाई मलंगवा नगरपालिका–८ गोरखकाली नाकाबाट एक लाख ७६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा४७प ८७५७, बीआर ३० सी ४७६६, र बीआर ३० एआई ३०४९ नम्बरका मोटरसाइकलमा सवार भएर नेपाल प्रवेश गर्दै गर्दा ठूलो परिमाणमा नक्कली नोट फेला परेको हो । एक हजार दरको नोटको ८८ बन्डल बरामद गरिएको प्रहरीले जनाएको छ । ती बन्डलमा तलमाथि एक/एक वटा नक्कली नोट राखेर बीचमा सेतो कागज राखिएको थियो ।

पक्राउ परेकाहरुविरुद्ध मुद्रा सम्बन्धी कसूरमा सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्