काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि छलफल भइरहेको छ ।
आज एमाले अध्यक्ष केपी शर्मा ओली निकटका नेता सुवासचनन्द्र नेम्वाङ, विष्णुप्रसाद पौडेल र वरिष्ठ नेता माधवकुमार नेपाल निकटका नेता डा.भीम रावल र सुरेन्द्र पाण्डेबीच छलफल भएको छ ।

नेम्वाङ, पौडल, रावल र पाण्डेबीच छलफल भए पनि कुनै विषयमा सहमती जुटन सकेको छैन् । पार्टीमा ओली र नेपालबीच तिब्र विवादका कारण पार्टी नै फुट नजिक पुगेपछि नेताहरुले पार्टीलाई एकताबद्ध बनाउने गृहकार्यमा जुटेका छन् ।
ओलीले रावल र पाण्डेलाई तथा नेपालले नेम्वाङ र पौडेललाई केही दिन अघि भेटेका थिए । सो भेटपछि ओली र नेपालबीच छलफल गराउने गरी गृहकार्य भइरहेको छ । तर दुई नेता कहाँ र कहिले भेटने भन्ने बारेमा टुंगो लाग्न सकेको छैन् ।
विगठित कार्यदलको १० बुँदे सहमतीका साथै विभिन्न प्रस्तावहरुमा छलफल गर्दै पार्टी एकताका लागि सहमती जुटाउने प्रयास भइरहेको छ ।











