Logo
Logo

आन्दोलनका लागि तयार बस्न पार्टीपंक्तिलाई ओलीको निर्देशन


0
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै समयमा सरकारविरुद्ध आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक र साङ्गठनिक रूपमा तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् ।

The current image has no alternative text. The file name is: kp-oli-1.jpg

आइतबार काठमाडौंमा अखिल नेपाल किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले मुलुकको तत्कालीन राजनीतिक अवस्थालाई मध्यनजर गरेर आन्दोलनमा उत्रिनुपर्ने पार्टीसामु मुख्य कार्यभार रहेको भन्दै त्यसको लागि तयारी अवस्थामा बस्नुपर्नेमा उनको जोड छ । उनले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नभई परिस्थिति असह्य भएपछि तत्काल सुरु गर्नुपर्ने अवस्था आउन सक्ने समेत बताए ।

अध्यक्ष ओलीले सन् १९१७ को रुसी विद्रोहको उदाहरण दिँदै निर्वाचन, जनविद्रोह तथा उपद्रवकारी क्रियाकलापको माध्यमबाट परिवर्तन सम्भव हुने बताए । एमालेले विगतदेखि नै विभिन्न राजनीतिक चुनौती र दमनको सामना गर्दै आएको दाबी गर्दै उनले पञ्चायतकाल र राजा महेन्द्रको शासनकालमा समेत पार्टीलाई समाप्त पार्ने प्रयास भएको उल्लेख गरे । उनले अहिले पनि नेपालको सबैभन्दा मजबुत, देशभक्त र लोकतान्त्रिक शक्ति नेकपा एमाले भएको जिकिर समेत गरे । उनले नागरिकमा बेचैनी र निराशा बढ्दै गइरहेको भन्दै यस्तो अवस्थामा नेकपा (एमाले) वैचारिक रूपमा स्पष्ट भएर जनपक्षीय आन्दोलनको बाटोमा जानुपर्ने बताए । 

 ओलीले भने,  ‘हाम्रो पार्टीको केन्द्रीय कमिटीले हाम्रो अगाडि दुई वटा महत्त्वपूर्ण कार्यभार रहेको छ भनेर भनेको छ । एउटा, हामीले आवश्यकता अनुसार आन्दोलन गर्नुपर्ने हुन्छ, आन्दोलनको तयारीको मानसिकताका साथ साथीहरू सधैँ हरदम तयार हुनुहोला । आन्दोलन सधैँ लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन । असह्य भएपछि आन्दोलन तत्काल निस्किन्छ । उहिले १९१७ मा रुसमा दुई दिनको ठूलो विद्रोहबाट सत्ता उलटफेर भएको थियो । कहीँ विद्रोहबाट, कहीँ निर्वाचनबाट कहीँ जनविद्रोबाट भने कहीँ उपद्रवबाट उलटफेर हुँदो रहेछ भन्ने हामीले हेरेका छौँ । मानिसहरूलाई राज्य संयन्त्रको प्रयोगलाई पृष्ठभागमा राखेर उपद्रवकारीहरुलाई अग्रभागमा सारेर परिवर्तन हुँदा रहेछन् । तसर्थ कुनैपनि समयमा आन्दोलनमा जानुपर्छ साथीहरू त्यसको तयारीमा जुट्नुहोला । मानसिक रूपले पनि तयार रहनुहोला । हामी अफ्ठ्याराहरुसँग जुधेर आउने बानी परेको छ । जाडोमा हिमालमा तपस्या गर्ने तपस्वी जस्तो, गर्मीमा तराईका धूपमा गएर आगो बाले तपस्या गर्ने तपस्वी जस्तो हिउँले पोलेपनि, आगोले पोलेपनि तपस्या गर्ने र आफ्नो तप् पूरा गर्ने बानी परेका छौँ हामी । हामीमाथि के गरिएन ? आज मात्र होइन हामीलाई उहिलेदेखि नै सिध्याउन खोजिएको हो । पञ्चायत कालमा, राजा महेन्द्रको शासन कालमा हामीलाई सिध्याउन  खोजियो । त्यही कारण हामीले झापामा पार्टीलाई पुनर्गठन गरेर आज यहाँसम्म ल्याइपु¥याएका छौँ ।’

उनले केहीले निर्वाचनमार्फत पार्टी निर्माण गर्ने तयारी गरिरहेको भन्दै नेकपा (एमाले) पार्टी बनाउन नभई पार्टी लिएर निर्वाचनमा होमिनुपर्नेमा जोड दिए ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000