Logo
Logo

वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार छु : निर्देशक हितेन्द्रदेव


दृष्टि संवाददाता

819
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले वैकल्पिक बाटो दिँदा प्राधिकरण छाड्न आफू तयार भएको बताएका छन् ।

बुधबार राजाधानीमा पत्रकार सम्मेलन गर्दै उनले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार भएको तर असक्षम भनेर निकाल्न खोजिए शैह्य नहुने बताए ।

आरोप मात्रै लगाएर पदबाट हटाइए कानूनी प्रक्रियामा जाने पनि उनले बताएका छन् । उनले भने, । ‘वैकल्पिक बाटो दिँदा जान्छु, जिम्मेवारी लिन्छु, अक्षम भनेर निकाल्न पाइँदैन, अन्याय गरे अदालत पनि छ ।’

प्राधिकरणमा आफू आएपछि धेरै काम गरेको भए पनि नभनेकाले काम नगरेको जस्तो देखिएको उनको भनाइ थियो । उनले अहिलेसम्म आफूलाई राजीनामा दिन अनुरोध र निर्देशन कतैबाट नआएको पनि बताए ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले अनुसार उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री पम्फा भुसाललाई कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्