Logo
Logo

ओली र नेपालबीचको ‘शीतयुद्ध’ले पार्टी एकता ओझेलमा


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्रको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट गराउने प्रयास असफल भएको छ ।

अध्यक्ष ओली र वरिष्ठ नेता नेपालका बीचमा दुरी बढदै गएपछि पार्टी एकता ओझेलमा पर्दै गएको हो । आज वरिष्ठि नेता नेपाललाई भेट्न पुगेका उपाध्यक्ष डा. भीम रावल र स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका बीचमा पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भएको छ ।

रावल र नेम्वाङ नेपाल निवास कोटेश्वर पुगेर पार्टी एकताको बारेमा छलफल गरेको एमाले स्रोतले जनाएको छ । विगठित कार्यदलका संयोजकद्धय समेत रहेका रावल र नेम्वाङले १० बुँदे प्रस्तावका आधारमा पार्टीलाई एकताबद्ध बनाएर अगाडि बढने विषयमा छलफल गरेका छन् ।

१० बुँदे सहमतीका साथै पछिल्लो समय ओली पक्षबाट आएको विभिन्न प्रस्तावका बारेमा छलफल गर्दै नेताहरुले मिलन बिन्दुको खोजी कार्य जारी राखेका छन् । तर ओली र नेपाल बीचको ‘शितयुद्ध’ का कारण दुई नेता एक ठाउँमा बसेर छलफल गर्ने वातावरण बन्न सकेको छैन् ।

रावल र नेम्वाङले नेपाललाई ओलीसँग भेटघाट गर्दै पार्टी एकताका लागि छलफल गर्न सुझाव दिएका छन् । उता ओलीलाई समेत नेताहरुले नेपालसँग भेटघाट गरेर समस्याको समाधान खोजेर पार्टीलाई एकताबद्ध बनाउन सुझाव दिँदै आएका छन् ।

ओली र नेपालका बीचमा छलफल हुन नसके पनि दुबै तर्फका दोस्रो तहका नेताहरुले शीर्ष नेतालाई भेटेर पार्टी एकताका लागि दवाव दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्