Logo
Logo

बाबुले स्याललाई हानेको गोली लागेर छोराको मृत्यु



पाल्पा । पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोली लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले भरुवा बन्दुकले हानेको गोलीबाट उनका आफ्नै छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

शुक्रबार बेलुकी कर्णबहादुरले भरुवा भन्दुकले घर नजिकैको मकैबारीमा आएको स्याललाई ताकेर हानेका थिए । तर, गोलीले स्याललाई लाग्नुको सट्टा मकै बारीमा रहेका धनबहादुरलाई लागेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाअनुसार गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्