Logo
Logo

काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन आजदेखि लागू


0
Shares

काठमाडौं । नेपाल सरकारले काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा आजदेखि पशु वधशाला तथा मासु जाँचसम्बन्धी कानुन लागू भएको छ । सरकारले भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै पशु वधशाला स्थापना वा मासु बिक्री गर्न चाहने व्यक्ति तथा संस्थाले मङ्सिर १ गतेभित्र तोकिएको मापदण्ड पूरा गरी इजाजत लिनुपर्ने जनाएको थियो ।

The current image has no alternative text. The file name is: meat.jpg

यो कानुन लागु भएसँगै अब पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार मासु पसलको मापदण्ड पूरा गरी इजाजत लिन अनिवार्य भएको छ । इजाजत नलिई मासु पसल सञ्चालन वा मासु बिक्री–वितरण गरेमा १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था गरिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000